![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । जेठ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेका कारण विभिन्न स्थानमा विद्युत् आपूर्तिमा अवरोध हुने भएको हो ।
प्राधिकरणका अनुसार जेठ ३ गते नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेठ ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।
यी क्षेत्रहरुमा बिहान ११ देखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ ।
FACEBOOK COMMENTS