काठमाडौं । आईतबारदेखि ६ दिनसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल बिद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत कार्य भइरहेकोले काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।
आइतबारदेखि जोरपाटी, कीर्तिपुर र कुलेश्वर वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य सुरु हुने जनाएको छ ।
प्राधिकरणका अनुसार यी फिडरहरू अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।
FACEBOOK COMMENTS