हुम्ला । आइतबारदेखि जिल्ला सदरमुकाम सिमकोटसहित खार्पुनाथ र सिमकोट गाउँपालिका अन्धकार भएको छ ।
सदरमुकाममा रहेको सिमकोट गाउँपालिका–४ मा रहेको पावरहाउससहितका संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत आपूर्ति नहुँदा दुई पालिकासहित सदरमुकाममा विद्युत् प्रवाह हुन नसकेको विद्युत् प्राधिकरणका प्रमुख जितेन्द्र शाहले बताए ।
पावरहाउसको इन्टेक र ओभरफ्लोको मर्मत गर्नुपर्ने भएकाले पाँँच दिनदेखि विद्युत् सेवा आपूर्ति हुन नसकेको प्रमुख शाहले बताए । मर्मत जारी रहेको हुँदा बिहीबार विद्युत् सेवा आपूर्ति हुन नसक्दा आइतबारसम्म यो सेवा पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास गरिएको छ । पावरहाउसमा फर्बे र ओभरफ्लोमा सिमेन्ट प्लास्टर गरेको पक्की नहुँदा आइतबारदेखि मात्रै यो सेवा सञ्चालनमा आउने भएको छ ।
हप्ता दिन पुग्न लाग्दासम्म दुई गाउँपालिकामा रहेका करिब २५ सय सेवाग्राहीलाई सेवा दिन नसक्दा प्राधिकरणले क्षमासमेत मागेको छ । विद्युत् आपूर्ति बन्द हुँदा सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा नियमित कामकाजमा बाधा पुगेको छ ।
स्थानीय तहका अधिकांश वडामार्फत हुने सिफारिससमेत रोकिँदा सेवाग्राही मर्कामा परेका छन् । वडा कार्यालयमा सोलार जडान नभएका कारण विद्यातीय कामकाज हुने सबै खालका काम बन्द छन् ।

FACEBOOK COMMENTS