सङ्खुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–९, साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।
सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएका जनाउँदै उनले घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताए । उपचाररत चारै जना खतरामुक्त रहेका अस्पतालले जनाएको छ ।
FACEBOOK COMMENTS