काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि पेट्रोलियम व्यवसायी लिलेन्द्रप्रसाद प्रधानले केन्द्रीय सदस्यमा उम्मेवारी दिएका छन् ।
महासंघको साधारण सभा चैत २८ र २९ हुँदैछ । सो चुनावको लागि पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रधानले वस्तुगत समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । यो समूहबाट एक उपाध्यक्ष र १४ केन्द्रीय सदस्यमा निर्वाचित हुने प्रावधान छ ।
FACEBOOK COMMENTS