![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रास्वपाको केन्द्रीय कोषाध्यक्ष बनेकी छिन् ।
लिमा एमाले नेता अधिकारीकी माइली छोरी हुन् । लिमालाई आज सम्पन्न पार्टीको बैठकले कोषाध्यक्ष बनाएको छ । उनी यसअघि रास्वपा केन्द्रीय सदस्य थिइन् । उनी गत वर्ष फागुनमा रास्वपा प्रवेश गरेकी हुन् ।
उनी २२ वर्षसम्म सदस्य बनेको नेकपा एमाले छोडेर रास्वपामा प्रवेश गरेकी हुन् । लिमा नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य तथा नेपाल पूर्वाधार विकास बैंकको निर्देशक हुन् ।
FACEBOOK COMMENTS