काठमाडौं, २ भदौ । नेपाल महिला चेम्बरको महासचिवमा लिमा अधिकारी मनोनित भएकी छिन् ।
नेपाल चेम्बर अफ कमर्शको विधानको दफा ५९ (क) (६) बमोजिम गठित नेपाल महिला चेम्बरको महासचिव मनोनित गरिएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । महासचिव अधिकारीलाई अध्यक्ष मल्लले हिजो मंगलबार मनोनयनपत्र प्रदान गरेका छन् ।
अधिकारी नेपाल चेम्बर अफ कमर्शमा करीब चार वर्षयता महिला चेम्बरको साधारण सदस्य हुँदै महिला चेम्बरको कार्यसमिति सदस्य बनेकी थिइन् । त्यसैगरी नेपाल चाइना चेम्बरको सचिव भएर काम गरिसकेकी उनी पछिल्लो समय नेपाल चेम्बर अफ कमर्शको कार्यसमिति सदस्य हुँदै नेपाल महिला चेम्बरको महासचिब बनेकी हुन् ।
प्राप्त अवसरलाई सही ढङ्गले उपयोग गरी बिषेश गरी नेपालको महिला उद्यमीहरूको सामुहिक आर्थिक सबलीकरणका लागि काम गर्दै सबै दिदीबहिनीलाई समेट्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छिन् । आफूलाई सक्षम ठानेर मनोनयन गरेकामा अधिकारीले नेपाल चेम्बर अफ कमर्शप्रति आभार प्रकट गरेकी छिन् ।
हाल उर्मिला श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बर नेपाल चेम्बर अफ कमर्श सम्बद्ध महिला उद्यमीहरुको छाता संस्था हो ।
FACEBOOK COMMENTS