काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
पोखराबाट पूर्वराजा ल्याएर काठमाडौंमा राजावादी पार्टी, संस्था र समर्थकले र्याली गर्ने तयारी छ । अहिले गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्याली निकाल्ने तयारी गरेका छन् ।
यसअघि राप्रपालगायतका विभिन्न समूहले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । चर्को नारावाजीका साथ प्रदर्शनमा उत्रिएका उनीहरुले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नारावाजी गरिररहेका छन् ।
प्रदर्शनकारीले ‘राजतन्त्र जिन्दावाद’, ‘ राजा आउ देश बचाउ’, ‘ गणतन्त्र मुर्दाबाद’ ‘ हाम्रो राजा हाम्रो देश प्यार भन्दा प्यारो छ’ लगायतका नाराहरु लगाएका छन् । राजावादीहरुको प्रदर्शनका कारण यस क्षेत्रको यातायात अवरुद्ध बनेको छ ।
यस अघि लिङ्देन कार्यक्रममा उपस्थित नहुने हल्ला थियो ।
FACEBOOK COMMENTS