काठमाडौँ । प्रतिनिधि सभामा लिपुलेकको विषयमा भएको भारत र चीनबीच भएको सहमतिको विषय जोडदार रुपमा उठेको छ ।
प्रतिनिधि सभाको आजको बैठक बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकको विषयमा भएको भारत चीनबीचको सहमतिको विरोध गरेका छन् ।
एमाले मुख्य सचेतक बर्तौलाले नेपाललाई जानकारी नदिएर भएको यो सहमतिको विरोध गर्दै यस विषयमा ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले लिपुलेकको विषयमा सबै राजनीतिक दल एक ठाउमा आउनुपर्ने बताउदै यस विषयमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै माओवादी केन्द्रका सांसद पूर्ण बहदुर घर्ति, एमाले सांसद ठाकुर गैरेले पनि लिपुलेकको विषयमा भएको सहमतिको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
एमाले सांसद गैरेले भारतले गलत दाबि गरेको भन्दै यो दाबि अत्यन्त डरलाग्दो भएको बताए ।
उनले नेपालले पेश गरेका प्रमाणले लिपुलेकसहितका भुमी नेपालकै रहेको पुष्टि हुने भन्दै यस विषयमा भारतको ध्यानकर्षण गराउनुपर्ने बताएका छन् ।
सांसद गैरेले भारतको अभिव्यक्ति र चीनसँगको सहमतिको सबै राजनीतिक दल र सांसदहरुले विरोध गर्नुपर्ने बताए ।
FACEBOOK COMMENTS