काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताएका छन्। बैंकहरुले घाँटी हेरेर हाड निल्दो नेपालको बैंकिङ क्षेत्र नै ठुलो तनावको अवस्थामा पुगेको बताएका छन्। बैंकहरुले लगानी गर्ने क्षमता नभए पनि लगानी गरेका कारण अहिलेको भयावह अवस्था आएको टिप्पणी गर्दै उनले यस्तो भनाई व्यक्त गरेका हुन्।
मंगलबार काठमाडौंमा आयोजित नेपाल बैंकर्स संघको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । कमभन्दा कम मध्यस्थता शुल्कका कारण सेवाग्राहीले लाभ लिइरहेको उनले बताए। बैंक तथा वित्तीय संस्थाको अल्पकालीन नाफा खोज्ने काम गर्नु नहुने समेत उनले बताए। कानुनका छिद्र खोज्ने काममा नलाग्न समेत उनले बैंकर्सहरुलाई खबरदारी गरे।
मौद्रिक क्षेत्रमा समेत केही मिलाउनु पर्ने सूचकांकले देखाएको बताउँदै उनले आसन्न मौद्रिक नीतिको समीक्षा मार्फत केही कडा नीतिहरू सार्वजनिक गर्ने समेत सङ्केत गरे। अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताए । गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको छ ।
उनले अर्थतन्त्रको पुनःरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरे । उनले नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको भन्दै बैंकरमा अनुशासन कायम हुन जरुरी भएको बताए । उनले कोभिडको असहज अवस्थामा पनि बैंकले अर्थतन्त्र र वित्तीय क्षेत्र जोगाउन महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
FACEBOOK COMMENTS