काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ ।
भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’ का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए ।
‘बसाइँ,’, ‘अतृप्त’ र ‘बह्मपुत्रको छेउछाउ’ (उपन्यास), ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ (निबन्धसङ्ग्रह) का साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए ।
भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।
FACEBOOK COMMENTS