काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा अवस्थित लिटिल बड सेकेण्डरी स्कुलले वार्षिक खेलकुद सप्ताह ‘स्पोर्ट्स–मिट, २०८२’ सुरू गरेको छ ।
विद्यालय प्राङ्गणमा आइतबार आयोजित भव्य समारोहमार्फत नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगरको उपस्थितिमा उक्त स्पोर्ट्स मिट सुरू गरिएको हो ।
रानामगरबाट खेलाडी विद्यार्थीलाई बल हस्तान्तरण तथा बेलुन उडाएर खेलकुद कार्यक्रमको सुरूवात गरियो । कार्यक्रममा विद्यार्थीहरू आफ्ना–आफ्ना समूहअनुसार मैदानमा उपस्थित भएका थिए । विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सहकार्य र खेल भावना विकास गर्ने विश्वासका साथ विद्यालयले हरेक वर्ष ‘स्पोर्ट्स मिट’ आयोजना गर्दै आएका विद्यालयका निर्देशक नारद खड्काले जानकारी दिए ।
उनका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमध्वज कार्कीको अध्यक्षता तथा कोलकिपर रानामगरको प्रमुख आतिथ्यतामा आयोजित समारोहको विशेष अतिथि राष्ट्रिय स्वतन्त्र विद्यालय संघ (निसान) का अध्यक्ष तथा प्याब्सनका सह–सचिव सौर्यनाथ आचार्य सहभागी थिए । यस्तै, निसानका महासचिव तथा प्याब्सनका सदस्य नवराज सापकोटा, गोकर्णेश्वर नगरपालिका–८ का वडासदस्य सुमन लामा, छाहारी क्लबका अध्यक्ष संगम श्रेष्ठलगायत अतिथिहरूको उपस्थिति कार्यक्रममा थियो ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अरुणकुमार कँडेल, निर्देशक नारद खड्का, कक्षा १२ का संयोजक राजेन्द्र ढकाल, आधारभूत तह इन्चार्ज शर्मिला भुर्तेल, कक्षा इञ्चार्ज ज्योति भण्डारी, प्रि–स्कुल इञ्चार्ज सुभद्रा तिमिल्सिना तथा खेलकुद इञ्चार्ज सरोज घलानसहित सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो ।

उद्घाटन समारोहमा राष्ट्रिय गान र विद्यालयको प्रार्थना पश्चात् मार्चपास कार्यक्रम आयोजना गरिएको थियो । मार्चपासमा विद्यालय कप्तान सुमिन लामा, उपकप्तान सुपब राना, कमाण्डर लाक्पा शेर्पा, रेड हाउस झण्डावाहक आयुष प्रधान, एल्लो हाउस कप्तान सुजिता तामाङ, ब्लू हाउस कप्तान जेसिका सुनुवार तथा ग्रिन हाउस कप्तान अश्विन रेग्मी सहभागी थिए । मार्चपासमा छिरिङ लामा र अंश शाही ड्रमरका रूपमा सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि गोलकिपर रानामगर तथा अतिथिहरूका तर्फबाट वडा सदस्य सुमन लामा र निसानका अध्यक्ष सौर्यनाथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका निर्देशक नारद खड्काले स्वागत र प्रधानाध्यापक अरुण कुमार कँडेलले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयकी सहायक प्रधानाध्यापक शर्मिला महर्जनले सञ्चालन गरेको सो कार्यक्रममा विद्यालयका जुनियर र सिनियर विद्यार्थीहरूका तर्फबाट दुईवटा आकर्षक नृत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

तस्बिरहरू

FACEBOOK COMMENTS