काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)ले दोस्रो संस्करणको अन्तर विद्यालयस्तरीय नेपाली र अंग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का केन्द्रीय सदस्य तथा काठमाडौं प्याब्सनका प्रमुख सल्लाहकार हरिकृष्ण श्रेष्ठका प्रमुख आतिथ्यता र गोकर्णेश्वर लाइट एकेडेमीका प्रधानाध्यापक एवम् निसानका अध्यक्ष सौर्यनाथ आचार्यको अध्यक्षतामा सोमबार अत्तरखेलस्थित लिटिल बड स्कुलमा सो प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा निसानमा आबद्ध रहेका २० वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगीहरूलाई कक्षा ३ देखि कक्षा ६ सम्मका प्रतियोगीलाई ‘जुनियर’ तथा कक्षा ७ देखि १० सम्मका प्रतियोगीहरूलाई ‘सिनियर’ गरी दुईवटा समूहमा बाँडेर प्रतिस्पर्धा गराइएको प्रतियोगिताका संयोजक एवम् लिटिल बड स्कुलका निर्देशक नारद खड्काले जानकारी दिए ।
उनका अनुसार नेपाली जुनियर समूहतर्फ कुमारी आवासीय सेकेन्डरी स्कुल/कलेजकी लक्ष्मी न्यौपाने पहिलो, लिटिल बड सेकेन्डरी स्कुलकी एन्जिला घिसिङ दोस्रो र द सेलिब्रेसन को–एड स्कुलकी स्वेक्षा कार्कीले तेस्रो स्थान हासिल गरेका छन् । यस्तै, बाल गिताञ्जली स्कुलकी इन्दु आलेमगर, अल्पाइन एकेडेमीकी अनुशा तामाङ, गणेश हिमाल स्कुलकी राधिका कटवाल, इन्द्रावती पब्लिक स्कुल (आईपीएस) की प्रेरणा श्रेष्ठ र गोकर्णेश्वर लाइट एकेडेमीकी रितु लामाले सान्त्वना स्थान हासिल गरेका छन् ।
यस्तै, नेपाली सिनियरतर्फ लिटिल बड सेकेन्डरी स्कुलकी प्रिया कारञ्जित पहिलो, इन्द्रावती पब्लिक स्कुल (आईपीएस)की मान्सी जैसवाल दोस्रो र अल्पाइन एकेडेकीकी ग्रिस्मा सापकोटाले तेस्रो स्थान हासिल गरेका छन् भने जीवन तारा एकेडेमीकी प्रशंसा तामाङ, इस्ट प्वाइन्ट एकेडेमीकी आशिका केसी, सेलिब्रेसन को–एड स्कुलकी अलियाना अधिकारी, गोकर्णेश्वर लाइट एकेडेमीकी युनिका श्रेष्ठ र बालसंसार सेकेन्डरी स्कुलकी समृद्धि राइले सान्त्वना स्थान हासिल गरे ।
यस्तै, अंग्रेजीतर्फको प्रतिस्पर्धामा कक्षा ३ देखि ६ सम्मको अंग्रेजी ‘जुनियर’तर्फ लिटिल बड स्कुलकी छात्रा रेबिका तामाङले पहिलो स्थान हसिल गरेकी छिन् । यस्तै, इन्द्रावती स्कुलकी छात्रा स्नेहा ठाकुर दोस्रो र गोकर्णेश्वर लाइट एकेडेमीका छात्र सिद्धार्थ तामाङ तेस्रो भए ।
यसैगरी, चार्ल्स डार्विन एकेडेमीकी छात्रा निश्मा दाहाल, कुमारी आवासीय सेकेन्डरी स्कुल/कलेजकी छात्रा पेमा तामाङ, आई लेन्स एकेडेमीका छात्र आयुष ढकाल, वर्ल्ड युथ स्कुलकी छात्रा रेवान्शु लामा र बाल संसार स्कुलकी छात्रा पासाङ बुटी शेर्पाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
यसैगरी, अंग्रेजी सिनियर (कक्षा ७ खेखि १० सम्म) तर्फ अल्पाइन एकेडेमीकी अनुरा घर्ती मगरले पहिलो, बालसंसार सेकेन्डरी स्कुलकी खुसी मगरले दोस्रो र गोकर्णेश्वर लाइट एकेडेमीका सगुन तामाङले तेस्रो स्थान हासिल गरे भने लिटिल बड सेकेन्डरी स्कुलका जिकेश थिङले तेस्रो स्थान हासिल गरेका छन् । यस्तै, आइ लेन्स स्कुलकी निमा तामाङ, इन्द्रावती पब्लिक स्कुलकी सरिता लिम्बु, वर्ल्ड युथ स्कुलका पासाङ शेर्पा र लिवर्टी एकेडेमीकी एलिना सुनुवारले सान्त्वना स्थान हासिल गरेका छन् ।
result
अंग्रेजी र नेपाली भाषामा छुट्टाछुट्टै समूहमा गराइएको प्रतिस्पर्धाको मूल्याङ्कन आरसी लामिछानेले गरेका थिए ।
निसानका महासचिव नवराज सापकोटाले सञ्चालन गरेको कार्यक्रममा काठमाडौं प्याब्सनका सचिव सुदर्शन थापा, निसानका प्रमुख सल्लाहकार तथा काठमाडौं प्याब्सनका सहसचिव ओमप्रसाद ढकाल, काठमाडौं प्याब्सनका सहसचिव अनिल पराजुली, लिटिल बड सक्कुलका सञ्चालक समिति अध्यक्ष पदमध्वज कार्कीलगायत निसानका पदाधिकारी र अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।
लिटिल बड सेकेन्डरी स्कुलका निर्देशक तथा निसान कार्यसमिति सदस्य समेत रहेका कार्यक्रम संयोजक नारद खड्काले स्वागत मन्तव्य दिएका थिए भने अनिल पराजुली, ओम प्रसाद ढकाल, सुदर्शन थापा, हरिकृष्ण श्रेष्ठ र सौर्यनाथ आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।
केहि तस्बिरहरु
FACEBOOK COMMENTS