काठमाडौं। विगत दुई दशकदेखि मोडलिङको क्षेत्रमा क्रियाशील ट्रिवेल फेसन कन्सर्न प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको लिटिल आइडल नेपाल यस वर्ष आफ्नो पाँचौं संस्करणमा प्रवेश गरेको छ।
बालबालिकाको क्षमता विकास, रचनात्मकता प्रोत्साहन, र शैक्षिक अभिरुचि उजागर गर्ने उद्देश्यसहित यो कार्यक्रम जारी छ। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका र अन्य क्षेत्रका विद्यालयका ५० जना बालबालिकाले सहभागिता जनाएका छन्।
प्रतियोगिताका प्रारम्भिक चरणमा प्रतियोगीहरूले गीत, नृत्य, नाटक, चित्रकला लगायत विविध विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। निर्णायक प्यानलमा प्रतिष्ठित व्यक्तित्वहरूले बालबालिकाको प्रदर्शन मूल्यांकन गर्दै सुधारका उपायहरू प्रदान गरिरहेका छन्।
प्रतियोगिताको फाइनल चरण पुष १३ गते सम्पन्न हुनेछ, जसले बालबालिकाको प्रतिभा उजागर गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
FACEBOOK COMMENTS