कात्तिक २० , आज भाइटीका । हिन्दु समाजमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाउने चलन छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई यमराजबाट जोगाउन भन्दै तेलको धारा दिएर छेक्ने, आइपर्ने दुःख र कष्टलाई ओखरसँगै फुटाउने गर्छन् ।
सर्लाही हरिवन नगरपालिक– ८ कि ४८ बर्षकी कालीमाया आलेले पनि विगत ४३ बर्षदेखि यसरी नै भाइलाई दुःख कष्ट नपरोस्, रोगब्याधी नलागोस् भनेर दीर्घायूको कामना गर्दै भाइटीका लगाइन् ।
तर, कान्छो भाइ ४३ बर्षीय भोजबहादुर आलेलाई गम्भीर रोग लागेका बेला आफ्नो अंग कलेजो नै काटेर दिएर बचाइन् । भाइ भोजबहादुर कलेजो बिग्रिएर जीवनको अन्तिम क्षणमा थिए । चिकित्सकहरुका अनुसार यदि समयमा नै कलेजो प्रत्यारोपण नगरे मृत्यु निश्चित थियो । कालीमायाले भाइलाई कलेजो दान गरेर जीवन दिइन् ।
FACEBOOK COMMENTS