चितवन । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले आइतबारका लागि लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । तालिका सार्वजनिक भएसँगै लोडसेडिङको सुरु भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
केन्द्रले विद्युत् माग अत्यधिक बढेका कारण नियन्त्रित लोड व्यवस्थापन गर्नुपर्ने अवस्था आएको भन्दै सूचनामार्फत ३(३ घण्टाको गरि कुल ६ घण्टा विद्युत् कटौती हुने जानकारी दिएको छ ।
जस अनुसार नारायणी(माडी फिडरमा बिहान ६ बजेदेखि ९ बजेसम्म, दिउसो ३ बजेदेखि ६ बजेसम्म विद्युत जाने छ । त्यस्तै मेघौली विजयनगर फिडर क्षेत्रमा बिहान ९ बजेदेखि १२ बजेसम्म र बेलुका ६ बजेदेखि राति ९ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ । त्यसैगरी जगतपुर रामपुर फिडर क्षेत्रमा दिउसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ९ बजेदेखि १२ बजेसम्म विद्युत बन्द हुने भएको छ ।
प्राधिकरणका अनुसार भरतपुरस्थित १३२र३३ के।भी। सब स्टेशनबाट आउने ३३ के।भी। डग कन्डक्टर तारको अधिकतम क्षमता ३०० एम्पियर मात्र रहेकाले सोभन्दा बढी विद्युत् प्रवाह गर्न नसक्ने ९क्षमताले नधान्ने० प्राविधिक समस्या रहेको केन्द्रले जानकारी दिएको छ ।
हाल माडी क्षेत्रमा गर्मी अत्यधिक रहेको र रोपाइँको समय भए तापनि वर्षा नहुँदा सिँचाइका लागि बिजुलीको प्रयोग बढेर कुल माग ४५० एम्पियरसम्म पुगेकोले लोड व्यवस्थापन गर्न असहज भइरहेको प्राधिकरणले जनाएको छ । यस्तो अवस्थाको दीर्घकालीन समाधानका लागि अघिल्लो आर्थिक वर्षमै बसेनी सबस्टेशनमार्फत वैकल्पिक ३३ के।भी। प्रसारण लाइन निर्माण सुरु गरिसकिएको छ, जुन निर्माणाधीन अवस्थामा छ ।
यसै सन्दर्भमा साउन ११ गतेदेखि लागू हुनेगरी प्राधिकरणले माडी क्षेत्रका विभिन्न फिडरहरूमा दैनिक लोड व्यवस्थापनका लागि विद्युत आपूर्ति समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले ग्राहकवर्गलाई परिरहेको असुविधाप्रति क्षमा प्रकट गर्दै, लोड व्यवस्थापनक्रममा उल्लेखित समयभन्दा अगावै लाइन सुचारु हुने सम्भावना पनि रहेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS