काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपायबारे छलफल गरेको छ ।
नेपाल राष्ट्र बैंकमा गरिएको भेटमा महासंघका अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्य वृद्धिका कारण समस्यामा रहेकोले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए ।
तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनले बताए । उनले केन्द्रीय बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा जोड दिए ।
निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको सावा ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि कर्जा पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरे । बैंकहरुको खराब कर्जा समेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उनको जोडदिए । त्यस अवसरमा गभर्नर अधिकारीले महासंघका सुझावलाई सकारात्मक रुपमा लिएर कार्यान्वन गरिने आश्वासन दिए ।
उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीति मार्पmत पनि महासंघका सुझावहरु समावेश गरिने जानकारी गराए । उनले अहिलेको अर्थतन्त्रका समस्या समाधान गर्न महासंघसंगको सहकार्य नेपाल राष्ट्र बैंकका लागि पनि महत्वपूर्ण रहेको बताए ।
FACEBOOK COMMENTS