काठमाडाैँ । कर्जाको ब्याजदर तीन वर्षयताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकले ३९ महिना यताकै सस्तो देखाएको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा बैंकहरुले कर्जा प्रवाह गर्दा लिने भारित औषत ब्याजदर ८।६९ प्रतिशत थियो ।
३९ महिना पछि अर्थात पुस मसान्तसमा पनि बैंकहरुको भारित औषत ब्याजदर ८.६९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत रहेको छ । यस्तै विकास बैंकहरुको १०.१० प्रतिशत र वित्त कम्पनीहरुको ११.१० प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११्.३८ प्रतिशत, विकास बैंकहरुको १३।१४ प्रतिशत र वित्त कम्पनीहरुको १४.०९ प्रतिशत रहेको थियो ।
यस्तै २०८१ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशत रहेको छ । यता विकास बैंकहरुको ५.५६ प्रतिशत र वित्त कम्पनीहरुको ६.६६ प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरुको ८.५५ प्रतिशत र वित्त कम्पनीहरुको ९.६२ प्रतिशत कायम भएको थियो ।
२०८० पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.७ प्रतिशत रहेको थियो । २०८१ पुसमा २.८१ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० पुसमा २.८६ प्रतिशत रहेकोमा २०८१ पुसमा ३ प्रतिशत थियो ।
२०८१ पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरुको ८.६१ प्रतिशत र वित्त कम्पनीहरुको ९.५० प्रतिशत रहेको थियो । २०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरुको ११.४९ प्रतिशत र वित्त कम्पनीहरुको १२.७७ प्रतिशत रहेको थियो ।
FACEBOOK COMMENTS