झापा । झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापामा पुन चुनावी अभियान सुरू गरेका छन् ।
बालेन झापा–५ को कमला गाउँपालिकाका सुकम्बसी बस्तिमा पुगेर छलफल गरेका छन् । उनले काठमाडौँमा बाढीबाट बचाउन हटाउन खोजेको भन्दै हटाउन त्यसलाई गलत प्रचार गरिएको बताए ।
स्थानीयले बालेनलाई एजेण्डा के छ भन्दै प्रश्न गरेका छन् । स्थानीयले तपाइँको र रास्वपाको एजेण्डा के छ भन्ने प्रश्न गरेका थिए ।
एक स्थानीयले भने– कमल–५ भनेको पहिला देखि नै एमालेको गढ हो, तपाइँको एजेण्डा के के छन् त्यो पनि बुझ्न पाए हामीलाई राम्रो हुन्थ्यो । एमालेको गढ हामीले चिर्दैछौं । युवाहरुलाई देश सुम्पिनुछौँ । चुनाव आइसक्यो । बालेनका मात्र होइन, स्वतन्त्र पार्टीको एजेण्डा के के त ? भोली देशलाई दुई तिहाइ बहुमत दिएर बालेनजीलाई प्रधानमन्त्री बनाउने हो । हिजो जेनजी आन्दोलन हुदा यत्रो बच्चाहरु मरे ।
के को लागि भन्दा परिवर्तनको लागि । तर परिवर्तन भएन । देशले परिवर्तन पाएन । अब बालेनजीको यो योजना के छ त ? स्वतन्त्र पार्टीको एजेण्डा के छ त ? हामीले पनि बुझौ न । व्यक्तिगत भेटेर बुझ्ने भन्दा पनि सबैले बुझ्ने किसिमले बुझौ न भन्ने हो ।’

स्थानीयलाई जवाफ दिदै बालेनले फागुनको पहिलो सातामा मेनिफेस्टो सार्बजनिक गर्ने बताए । उनले भने– ’स्थानीयको जवाफमा बालेनले भने– एजेण्डा मेनिफेस्टो तयार पार्दैछौँ । हरेकको छुट्टा छुट्टै हुन्छ नि त । तपाइले बुझ्न खोजेको शिक्षाको होला स्वास्थ्यको होला पूर्वाधारको होला । सबैलाई सबै चिजको हुदैन नि त । फागुनको पहिलो साता सार्बजनिक गर्छौं । देश भरको अलग हुन्छ । यो क्षेत्रको एजेण्डा छुट्टै हुन्छ ।’

त्यस्तै स्थानीयले बालेनले गरिबलाई हटाउछ भन्ने कुरा आएको बताएपछि बालेनले भने– ’काठमाडौँ खोला छेउबाट हटाउन खोजेको उहाँहरु जोखिममा बसेकोलाई सुरक्षित ठाउमा लैजान खोजेको तर त्यसको गलत न्यारेटिभ डोजर जस्तो देखियो । खासमा त्यो मान्छेको ज्यान जोगाउनको लागि हो । खोला छेउ बाहेकको त भुमी आयोगले लगत संकलन गरेर नेपाल सरकारले दिने हो जग्गा । स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले दिने हो । यहाँको त रियल हो नि त ।’

त्यस्तै स्थानीयले प्रदेश खारेज गरेर शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिन्छ की सकिदैन भन्ने प्रश्नको जवाफमा बालेनले शतप्रतिशत गर्न संबिधानमा लेखेपनि बजेट नभएकाले गर्न नसकिने बताए । स्थानीयले भने’ ’बजेट छैन भन्ने कुरामा हामीले प्रदेश संरचना खारेज गरेमा बजेट त जति पनि पुग्छ नि बालेनजी ।’
तर बालेनले प्रदेशमा धेरै खर्च नभएको जवाफ दिएका थिए ।

FACEBOOK COMMENTS