काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।
आयोगले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।
आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको बताएको छ ।
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ । त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची छ । स्थानीय तहमा ४३ पद रिक्त छ ।
दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
FACEBOOK COMMENTS