काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रसा) केन्द्रीय विशेष समितिको बैठकले पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ ।
शुक्रबार बसेको बैठकले गठन गरेको उक्त समितिमा सात वटै प्रदेश समितिका अध्यक्ष र उपाध्यक्षहरु पदेन सदस्य हुने छन् ।
समितिको सदस्यहरुमा धनबहादुर बुढा, भरतजंग उप्रेती, रवीन्द्र प्रताप शाह, राजेश गिरी छन् भने सदस्य सचिवमा प्रा. डा. गीताभक्त जोशी रहेको पार्टीको प्रमुख केन्द्रीय सचिवालयले जनाएको छ ।
FACEBOOK COMMENTS