काठमाडौँ । ‘एलओडी क्लब’ले सातौँ वार्षिकोत्सव मनाउने भएको छ । क्लबले सातौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।
एलओडी सञ्चालनमा आएको सात वर्ष पुगेको अवसरमा मङ्गलवार क्लबले विभिन्न कार्यक्रम गरेर मनाउने तयारी गरिरहेको एलओडी क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।
वार्षिकोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने उनले जानकारी दिए। क्लब स्थापना भएदेखि देशी तथा विदेशी कलाकारले प्रस्तुति दिइसकेका छन्।
‘हामीले क्लब स्थापना गरेर नेपाली सांगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएका छौं,’ उनले भने, ‘यो स्थान कलाकारहरूका लागि केही गर्छु भन्ने मानिसका लागि एउटा प्लेटफर्म बनेको छ । यहाँ धेरै सांगीतिक समूहले अवसर पाएका छन् ।’
एलओडी क्लब केवल एउटा नाइटक्लब मात्र नभएर नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक बनेको उनको भनाइ छ । कुँवरले भने, ‘नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रमहरू मार्फत क्लबले नेपाली पहिचानलाई विश्व मञ्चमा प्रवद्र्धन गर्दै आएको छ।
जसले राष्ट्रिय एकता भावनालाई अझ बलियो बनाएको छ।’रातको समयमा ठमेल घुम्न आउनेहरूका लागि एलओडी गन्तव्य बनेको उनको दाबी छ । ठमेल आउने हर कोही एक पटक एलओडी जाने गरेको उनले बताए ।

क्लब स्थापना गरेर नेपाली सांगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएको उनले बताए । उनले भने, ‘यो स्थान कलाकारहरूका लागि सुन्दर प्लेटफर्म बनेको छ । यहाँ धेरै सांगीतिक समूहले अवसर पाएका छन् ।’

कुँवरले अगाडि थपे, ‘नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रमहरू मार्फत क्लबले नेपाली पहिचानलाई विश्व मञ्चमा प्रवद्र्धन गर्दै आएको छ। जसले राष्ट्रिय एकताको भावना अझ बलियो बनाएको छ।’
रात्रिकालीन व्यवसायमा अवसर र चुनौती दुवै रहेको कुँवर बताए । कतिपय अवस्थामा राम्रो भए पनि गर्दागर्दै कोहीबेला प्राविधिक कठिनाइले केही समस्या व्यहोर्नु परेको उनले स्मरण गराए ।
उनका अनुसार क्लबले इन्टिरियर बदलिरहेको छ । क्लबभित्रका पाहुनालाई बस्ने ठाउँ र लाइट सिस्टम परिवर्तन गरिएका छन् । क्लबले भित्रका धेरै स्वरूप परिवर्तन गरिसकेको छ ।
हाल एलओडी क्लब विदेशी र स्वदेशी पर्यटक दुवैका लागि एउटा गन्तव्य बनिसकेको उनले बताए। उनका अनुसार क्लबमा १ सय ५० भन्दा बढी कर्मचारी छन् । ६०० जनाका लागि सिटिङ र २ हजारको स्टयाण्डिङको क्षमता छ ।

क्लबले ग्राहकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको उनले उल्लेख गरे । शुक्रवार र शनिवार मनोरञ्जनका लागि बढी मानिसको जमघट बढ्ने उनको भनाइ छ ।
एलओडी क्लब सन् २०२२ मा ५२,२०२३ मा ४९, २०२४ मा ५० र २०२५ मा ४४ औँ स्थानमा परिसकेको छ।

क्लबमा पूर्व राजा ज्ञानेन्द्र शाह, भारतीय कांग्रेस आइका पूर्व अध्यक्ष राहुल गान्धी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् । एलओडीलाई एलिट ग्राहक जम्मा हुने क्लबका रूपमा लिने गरिन्छ ।

एलओडीमा भारतीय, टर्की, जर्मनी र इटालीका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कर, लक्की अली, अर्मन मल्लिक र इन्डियन आइडल पवनदीप लगायतका गायकहरूले शो गरिसकेका छन् । त्यसैगरी, टीम्मी ट्रमपेट, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।
FACEBOOK COMMENTS