जनकपुरधाम । मधेश प्रदेशको लोक सेवा आयोगले १८ भदौ २०७९ मा अधिकृत सातौं तहको परीक्षामा रोल नम्बर २ हजार ५६७ सम्मका परीक्षार्थीहरु सहभागी हुने भनेर परीक्षा केन्द्र सार्वजनिक गरेको थियो ।
तर उक्त लिखित परीक्षाको नतिजा यही असोज १३ गते आउँदा रोलनम्बर २ हजार ५७९ सम्मका परीक्षार्थीहरुको समेत आयो ।
अर्थात् आयोगले सुरुमा सार्वजनिक गरेको परीक्षार्थीको संख्यामा नतिजा सार्वजनिक हुँदा १२ जना बढी परीक्षार्थी थपिएका थिए र थपिएका सबै लिखित परीक्षामा पास पनि भए ।
यसबारे सामाजिक सञ्जालमा लोक सेवा आयोगको विश्वसनीयतामा प्रश्न उठाउँदै विभिन्न टिकाटिप्पणी भइरहेको छ । कतिपयले अनियमितता भएको भनेरसमेत लेखेका छन् ।
केहिले भने आयोगकाे यसकिसिमकाे क्रियाकलापले लोक सेवाकाे विश्वासनियता माथि प्रश्न उठेकाे प्रतिक्रिया दिएका छन् ।
तर, यसकिसिमकाे लापरवाही हुदा पनि प्रदेशको लोक सेवा आयोग भने सामान्य त्रुटि भएकाे भनेर पन्छिन खाेजेकाे छ ।
FACEBOOK COMMENTS