काठमाडौं । सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । जसअनुसार नेपाल राष्ट्र बैंकले आज बिहीबार (जेठ १८ गते) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।
केन्द्रीय बैंकले जेठ १९ गते निष्कासन गर्न लागेको यस ऋणपत्रमा आज दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ । विकास ऋणपत्र २०८५ ‘झ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ५ वर्षको छ । जसअनुसार २०८० जेठ १९ गते जारी मिति तोकिएको यस ऋणपत्र २०८५ जेठ १९ गते परिपक्व हुनेछ ।
ऋणपत्र सर्वसाधारण नागरिक, बैंक तथावित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्नेछन् । ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ ।
यसको ब्याजदर भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । ब्याजदर बोलकबोलकको मध्यमबाट निर्धाराण हुने छ भने आर्जित ब्याजमा ब्याजकर लाग्ने केन्द्रीय बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गर्न लागिएको हो ।
प्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ । नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमा पनि यस ऋणपत्र कारोबार हुन्छ ।
3.Suchana-for-web-Upload-1
FACEBOOK COMMENTS