काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर हस्ताक्षर गरेको लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ नेपाल पनि चुनावका पक्षमा उभिएको छ ।
आइतबारसम्म संसद् पुन:स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने तयारीमा रहेको लोसपा आज एकाएक सर्वोच्च नजाने निष्कर्षमा पुगेको हो ।
वर्तमान परिस्थितिको व्यवस्थापन संसद् पुन:स्थापनाबाट कठिन रहेकाले चुनावमै जाने समझदारी भएको पार्टीले जनाएको छ ।
लोसपाले कांग्रेस, एमाले र अन्य पार्टीहरुसँगै संसद् विघटन असंवैधानिक भन्ने पक्षमा हस्ताक्षर गरेको थियो । जेन जी आन्दोलनपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि सोही दिन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेका थिए ।
त्यसलाई भदौ २८मा नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन माओवदी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरूले संयुक्त विज्ञप्तिमार्फत असंवैधानिक भनेका थिए ।

FACEBOOK COMMENTS