काठमाडौँ । यातायात मजदुरको आन्दोलनका क्रममा गोंगबुको ल्होत्से मलस्थित चेन आईएनआई सिनेमाजमा १५ लाखभन्दा बढीको क्षति भएको छ ।
सो क्षतिपश्चात आज फिल्म हल बन्द हुने जनाइएको छ । हलका सञ्चालक सुरेन्द्र थापाका अनुसार तोडफोडबाट पुगेको क्षतिबारे मुचुल्का र बीमाबारेका केही कागजात तयार पार्न हल बन्द गरिएको हो ।
सोमबार आन्दोलनकारीहरु हलको काउन्टरमा प्रवेश गरी सिसा, माइक, लेड टेलिभिजनदेखि अन्य संरचनामा क्षति पुर्याएका थिए ।
यातायात जरिवानाबारेका केही माग लिएर यातायात मजदुरहरुले आन्दोलन गरेका थिए । सोही क्रममा हिजो बालाजु र माछापोखरी क्षेत्र तनावग्रस्त बनेको थियो । सरकारले माग पूरा गर्ने भएपछि मजदुरले जारी यातायात बन्द फिर्ता लिएका छन् ।
FACEBOOK COMMENTS