काठमाडौं । सरकारले लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासलाई प्रतिस्थापन गरी विद्युतीय चुल्होको प्रयोगलाई प्रवर्द्धन गर्ने नीति लिएको छ ।
हिजो बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो घोषणा गरिएको हो ।
ऊर्जाको घरायासी आवश्यकता विद्युतीय माध्यमबाट पूरा गर्न सात प्रदेशका सात सहरमा ‘कम्प्लिट वाइरिङ पाइलट प्रोजेक्ट’ सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
‘परम्परागत ऊर्जा र एलपी ग्यासलाई प्रतिस्थापन गरी स्वच्छ तथा नवीकरणीय ऊर्जाको खपत बढाउन विद्युतीय चुल्होलगायतका घरायसी उपकरणहरूको उपयोगलाई प्रवर्द्धन गरिनेछ । ऊर्जाको घरायासी आवश्यकता विद्युतीय माध्यमबाट पूरा गर्न सात प्रदेशका सात सहरमा कम्प्लिट वाइरिङ पाइलट प्रोजेक्ट सञ्चालन गरिनेछ,’ बजेट वक्तत्वयमा भनिएको छ ।
FACEBOOK COMMENTS