पोखरा कात्तिक २४, नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा वृद्धि गरेको हो ।
पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँका दरले वृद्धि भएको छ भने, खाना पकाउने एलपी ग्याँसमा प्रतिलिण्डिर ७५ रुपैयाँका दरले बढेको छ । वृद्धि भएको मूल्य पछि अब एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यस्तै, मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ । जसमा हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेकाे छ ।
FACEBOOK COMMENTS