काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले कम्पनीको हालको चुक्ता पूंजीको ६.९९ प्रतिशतले खुद हुन आउने बोनस शेयर बितरण गर्ने र सो बमोजिम कम्पनीको जारी तथा चुक्ता पूंजी बृद्धि गर्ने प्रस्ताव पारित गरेको जनाएको छ ।
सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, आ।ब। २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.३६७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ ।
सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीको व्यवसाय लगायतका अन्य कामकारवाहीहरु, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि। गाभ्ने गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरु, कम्पनी गाभिएपछिको अबस्था आदिका बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराएका थिए।
त्यसैगरी, यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि। गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि। कायम रहने, सगरमाथा इन्स्योरेन्स कम्पनी लि। र यस कम्पनीको शेयर आदान–प्रदान अनुपात १०० : ८० हुने गरी स्वाप रेसियो कायम गर्ने, बिस्तृत लेखापरीक्षण बापतको पारिश्रमिक अनुमोदन गर्ने, दुबै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि। मा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बांकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।
FACEBOOK COMMENTS