काठमाडौं । लुम्बिनी विकास बैंकले स्थापनाकाल देखि नै बैंकसंग ‘निरन्तर सहयात्रा’ गर्दै आउएकी किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ ।
शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सम्मान गरेका हुन ।
शेर्पा ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुग्न सफल भएका छन् । शेर्पा बिगत दुई दशक देखि लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’ बनी आबद्घ छन् ।
उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आपूmले ३१ औं पटक आरोहण गरेको जानकारी दिए । उनको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंक लि।सहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ ।


FACEBOOK COMMENTS