काठमाडौं । लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई प्रयोगशाला उपकरण हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्त्रगत नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि ‘डिजिटल हट एयर ओभन’ हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेश सिंह बोहराले जानकारी दिए ।
कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा सभापति डण्डराज शर्मा पौडेललाई उक्त उपकरण हस्तान्तरण गरे । सञ्चालक सिग्देलले प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकरण खरिद गरी गरिमामय संस्थालाई सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताएका छन् ।
कार्यक्रममा बैंकका पोखरास्थित शाखा कार्यालयका प्रमुखहरूलगायत नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका उपसभापतिद्वय धर्मराज अधिकारी र उर्मिला खड्का, कोषाध्यक्ष सन्तोष अधिकारीलगायत पदाधिकारीहरूको उपस्थिति थियो ।
नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका सभापति डण्डराज शर्मा पौडेलले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आपसी सहकार्यका लागि अपेक्षा रहेको बताए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एउटा विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।
FACEBOOK COMMENTS