काठमाडौं । लुम्बिनी विकास बैंकको सम्पन्न साधराणसभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।
गत आवको नाफाबाट बैंकले ८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकको १६औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयरसहित ८.५० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।
FACEBOOK COMMENTS