काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले निकट भविष्यमा प्राथमिक शेयर आईपीओ) को सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्कासन कार्यका लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
लामिनार टाइल्स नेपालको पहिलो र एकमात्र शतप्रतिशत भिट्रीफाइड टाइल्स हो, जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेडअन्तर्गत पर्दछ । लामिनार टाइल्स नेपाली उपभोक्ताहरूका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गर्ने, विविध विकल्पहरू प्रदान गर्ने र उच्च गुणस्तरका टाइल्सहरू उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन सुरू गरिएको हो । यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ ।
आज भएको सो सम्झौतामा लुम्बिनी सेरामिक्सका तर्फबाट कम्पनीका सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS