काठमाडौं । लुम्बिनी विकास बैंकले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको ३१ औं पटक सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल भएकोमा विकास बैंकले सोमबार सम्मान गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पाको उत्तरोत्तर प्रगतिको कामनासहित सम्मान गरे। किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा दुई दशकदेखि यस लुम्बिनी विकास बैंक लि. मा “निरन्तर सहयात्री” बनी आबद्घ छन् ।
उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१ औं पटक आरोहण गरेको जानकारी दिए । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।
