दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ (एलएलसी) पुनः सञ्चालनमा आएको छ । नयाँ कन्सेप्टसहित नेपालीको पहिलो गेष्टहाउस (पाहुनाघर) आठ वर्षदेखि सञ्चालनमा आएको थियो । उक्त रेष्टुरेन्ट तीन महिना बन्द थियो पुनः सञ्चालनमा आएको हो ।
दुबईमा दुई दशकभन्दा बढी बसोबास गरिरहेका युवा व्यवसायी राजेन्द्र गुरागाईंले उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।
नेपालीहरू बढी भएको बरदुबईमा एलएलसीले नेपाली परिकार पस्किने मात्र नभई नेपालीपनकै झल्को दिने गरी सञ्चालनमा ल्याइएको व्यवसायी गुरागाईंले जानकारी दिए ।
सन् २०१८ मार्च २३ देखि सञ्चालनमा रहँदै आएको उक्त रेष्टुरेन्ट ३ महिना दुबई सरकार तथा दुबई नगरपालिकाले आन्तरिक कार्यका लागि भन्दै बन्द गरेको थियो ।
उनका अनुसार जुन ४, २०२५ मा दुबई सरकार र नगरपालिका तथा दुबई अदालतले विधिवत रूपमा नेपालीकै नाममा अनुमति प्रदान गरिसकेको छ । नयाँ व्यवस्थापन नयाँ सजावटसहित पुनः सञ्चालनमा ल्याइएको गुरागाईंले बताए ।
नेपाली समुदायको बाहुल्य रहेको बरदुबईमा दुबई सरकारको सम्पदा सूचीमा रहेको भवनभित्र सञ्चालनमा आएको छ । उक्त रेष्टुरेण्टमा नयाँ–नयाँ नेपाली परिकारको स्वाद चाख्न पाइने सञ्चालक गुरागाईंले जानकारी दिए ।
रेष्टुरेण्ट सम्पूर्ण ग्राहक तथा सेवाग्राहीहरुलाई खुला भइसकेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS