काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई आज शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेस गरेका थिए । महरालाई एमालेसहितका सत्ता गठबन्धनका दल र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।
महरालाई आगामी आइतबार दिउँसो १ बजे मुख्यमन्त्री पदको शपथ ग्रहण गराइने छ ।
FACEBOOK COMMENTS