काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले ट्रफी उत्सव यात्रा सुरु गरेको छ ।
शनिबार टिम लुम्बिनीले बाँकेको नेपालगन्जस्थित वागेश्वरी मन्दिरमा पूजाअर्चना गरेर विजेता ट्रफी उत्सव यात्रा थालेको हो । त्यसक्रममा ट्रफीसहित मन्दिर परिक्रमा गरिएको थियो । त्यसपछि नगर परिक्रमा गरेर ट्रफी बर्दियातर्फ लगिएको छ ।
बर्दियाबाट दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी हुँदै यही पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर विजेता ट्रफी उत्सव यात्रा समापन हुने जनाइएको छ ।
FACEBOOK COMMENTS