काठमाडौं । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले यांगोलाई टाइटल स्पोन्सरको रूपमा स्वागत गर्नपाउँदा खुसी व्यक्त गर्दै एनपीएललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
उनले भने, युवाहरूमाझ लोकप्रिय कम्पनी यांगोलाई हाम्रो टिमको टाइटल स्पोन्सरको रूपमा स्वागतगर्न पाउँदा अत्यन्त खुसी छौँ । उत्कृष्टता, नवीनता र विश्वमा पहुँचप्रतिको हाम्रो एउटै दृष्टिकोण साझा भएको महसुस भइरहेको छ ।
नेपाली क्रिकेटको जोश, गौरव रसम्भावनालाई बोकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्जनका लागि हामीले यांगोलाई उत्कृष्ट सहयात्रीको रूपमा रोजेका छौँ । लुम्बिनी लायन्ससँगको टाइटल स्पोन्सर सम्झौतापछि यांगो नेपालका प्रतिनिधिले भने,क्रिकेट नेपालमा सबैको प्रिय खेल हो, जसले सबैलाई जोड्ने माध्यम बनेको छ ।
हामीलुम्बिनी लायन्सलाई सहयोग गर्न पाउँदा निकै उत्साहित छौँ र उनीहरूलाई आगामी नेपालप्रिमियर लिगका लागि शुभकामना दिन्छौँ । हामी विश्वस्त छौँ कि उनीहरूले प्रतियोगितामाउत्कृष्ट प्रदर्शन गर्नेछन् ।यांगो ग्रुप दुबई, संयुक्त अरब इमिरेट्स –यूएई)मा मुख्यालय रहेको अन्तर्राष्ट्रिय प्रविधिकम्पनी हो ।
यसले विश्वका विभिन्न ठाउँबाट विकास गरिएका प्रविधिहरूलाई स्थानीयसमुदायका आवश्यकताअनुसार दैनिक सेवाहरूमा रूपान्तरण गर्छ– जसमा मोबिलिटी,नेभिगेसन, डेलिभरी, फुडटेक, मनोरञ्जन, र एआई असिस्टेन्ट लगायतका सेवा समावेश छन्।

लुम्बिनी लायन्स, जसका मार्की खेलाडी नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमारपौडेल हुन्, दोस्रो सिजनका लागि तीव्र रूपमा तयारीमा छन् । मंसिर १ गते –मध्यनोभेम्बर) देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइटअन्तर्गत हुनेएनपीएलका लागि टिमले अहिले एक्स्ट्राटेक ओभलमा फ्लडलाइटमुनि प्रशिक्षण गरिरहेको छ ।

FACEBOOK COMMENTS