काठमाडाैँ । लुम्बिनी विकास बैंक लिमिटेडले सोमबार १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले आव २०८०/८१ को वार्षिक प्रतिबेदन पारित गरी आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरूसँगै शेयरधनीलाई ४.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस शेयरसहित कुल ७.०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १७औं वार्षिक साधार सभामा आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गररी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहररू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS