काठमाडाैँ । नेपालमा इलेक्ट्रिक स्कूटरहरूको माग दिनप्रतिदिन बढिरहेको छ । यस प्रतिस्पर्धात्मक बजारमा लुयान नेपाल ( Luyuan Nepal) आफूलाई सर्भिस सेन्टर सुविधाको क्षेत्रमा सबैभन्दा अग्रस्थानमा राख्न सफल भएको छ । बिक्री मात्र होइन, बिक्रीपछिको उत्कृष्ट सेवामा केन्द्रित रहेर लुयान नेपालले आफ्ना ग्राहकहरूलाई दीर्घकालीन सुविधा प्रदान गर्दै आएको छ ।
काठमाडौं उपत्यकामा मात्र १४ सर्भिस सेन्टर
हालसम्म लुयान नेपालले काठमाडौं उपत्यकामा मात्र १४ स्थानमा सर्भिस सेन्टर सँचालन गरेको छ । यी सर्भिस सेन्टरहरूले ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै आएका छन् । उपत्यकाका विभिन्न क्षेत्रहरू, जस्तै बाफल, बनस्थली, सामाखुसी, टोखारोड, महाराजगञ्ज, कालोपुल, अनामनगर, जडिबुटी, सल्लाघारी, सुर्यविनायक, दुधपाटी, सातदोबाटो, ग्वार्काे, रामकोट लगायतका स्थानहरूमा यी सर्भिस सेन्टरहरू सजिलै उपलब्ध छन् ।
लुयान नेपालका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले भने, “हामी ग्राहकहरूको पहुँच सजिलो बनाउन सर्भिस सेन्टरहरूको विस्तार गर्दै आएका छौँ । यो क्रम अझै जारी रहनेछ । हाम्रो लक्ष्य भनेकै ग्राहकहरूलाई सहज, छिटो, र गुणस्तरीय सेवा उपलब्ध गराउनु हो ।”
अन्य कम्पनीहरूले यस्तो सुविधा किन दिँदैनन् ?
लुयान नेपालले सर्भिस सेन्टरहरूको सञ्जालमा दिएको प्राथमिकताले यस क्षेत्रमा अन्य इलेक्ट्रिक स्कूटर कम्पनीहरूलाई पछि पारेको छ ।
नेपालमा विद्युतीय सवारीसाधन बेच्ने धेरै कम्पनीहरू बिक्रीपछिको सेवामा पर्याप्त ध्यान दिन सकेका छैनन् । धेरैजसो कम्पनीहरूले सीमित क्षेत्रमै सर्भिस सेन्टरहरू सञ्चालन गरेका छन्, जसले गर्दा ग्राहकले सानातिना मर्मतका लागि समेत झन्झट बेहोर्नु परेको छ । धेरै ब्रान्डहरूले आफ्नो ध्यान बिक्रीमा मात्र केन्द्रित गरेको देखिन्छ, जबकि बिक्रीपछिको सेवाको महत्वलाई उपेक्षा गरिएको पाइन्छ । यसले ग्राहकहरूको दीर्घकालीन सन्तुष्टिमा नकारात्मक प्रभाव पारेको हुन्छ ।
ग्राहक सन्तुष्टिमा लुयान नेपालको दृष्टिकोण
लुयान नेपालको बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिएर ग्राहकहरूको विश्वास जित्दै आएको देखिन्छ । काठमाडौं उपत्यकामा १४ सर्भिस सेन्टरका साथै, अन्य प्रमुख शहरहरूमा पनि सर्भिस सेन्टरहरूको संख्या बढाउँदै जाने योजना रहेको कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले बताए । दक्ष र तालिमप्राप्त प्राविधिकहरूसहितको सर्भिस सेन्टरहरूले ग्राहकहरूको स्कूटर मर्मत, ब्याट्री परीक्षण, र अन्य समस्या समाधान गर्न सहजता र्पुयाइरहेका छन् ।
लुयान नेपालका भविष्यको योजनाहरू
लुयान नेपालको अर्को बर्षसम्म नेपालमा नै एसेम्बल गर्ने गरी सारथी इकुटर ब्राण्डको इलेक्ट्रिक स्कुटर लञ्च गर्ने योजना बनाएको बताएको छ । हाल इकुटरको ई३ मोडेलको स्कुटर पनि लुयान नेपालले नै नेपाली बजारमा उतारेको हो । त्यसका लागि पनि लुयान नेपालले निकट भविष्यमा देशका अन्य शहर तथा क्षेत्रहरूमा समेत सर्भिस सेन्टरहरूको पहुँच विस्तार गर्ने योजना बनाएको बताएको छ । कम्पनीको दीर्घकालीन रणनीतिले ग्राहकहरूको विश्वास जित्नुका साथै, नेपालमा विद्युतीय सवारीसाधनहरूको लोकप्रियता बढाउन ठूलो योगदान र्पुयाइरहेको कम्पनीको दाबी छ ।
FACEBOOK COMMENTS