काठमाडौं । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले वुलिङ ईभी र लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकका लागि भ्यालेन्टाइन स्किम लागू गरेको छ ।
फेब्रुअरी १४ अर्थात् भोलि मनाइने भ्यालेन्टाइन पर्वको अवसरमा सो स्किम उपलब्ध गराएको कम्पनीले जनाएको छ । यसअन्तर्गत वुलिङ ईभी किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा ग्राहकले हिराको औँठी उपहार पाउनेछन् ।
वुलिङ ईभी २०० किमी र ३०० किमी रेन्ज दिने गरी दुई भेरिएन्टमा उपलब्ध छ । यी दुई मोडलको मूल्य क्रमश: २० लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ । इलेक्ट्रिक कार किन्नको लागि काठमाडौंको नक्साल र भैसेपाटी शोरुम जान सकिने छ । गाडीमा ८ वर्षको वारेन्टी पाउन सकिन्छ । साथै, फाइनान्स र एक्सचेन्जको सुबिधा पनि उपलब्ध रहेको कम्पनीका एजीएम एनके शरदले बताए ।
लेभ्निङ इलेक्ट्रिक स्कुटर नेपालभरिको मुख्य मुख्य सहरमा उपलब्ध छ । लेभ्निङ इलेक्ट्रिक स्कुटर १२ फरक मोडलमा उपलब्ध छ, जुन कलेजको विद्यार्थी देखि कार्यालयका कर्मचारी र कृषक तथा अपाङ्गता भएकाहरूलाई समेत सहज हुने खालको प्रोडक्ट मानिन्छ ।
लेभ्निङ इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १५ हजार रुपैयाँदेखि सुरु हुन्छ । स्कुटरमा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । कम्पनीले नेपालभरि डेलिभरीको व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको कम्पनीको भनाइ छ । यदि कसैलाई स्कुटर वा कार चाहिएमा ९९०२३०८५१२ वा ९८०१००२९८७ मा कल गर्न समेत गर्न सकिने कम्पनीले जनाएको छ । यो स्किम निश्चित समयका लागि लागू गरिएको बताइएको छ ।
नेपाली बजारमा विगत ३१ वर्षदेखि व्यापारिक घराना बज्र ग्रुपले विभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ, जसमा स्यानिटरीका आइटम, बाथरुम फिटिङ, अपार्टमेन्ट, मास्क, अटोमोबाइल आदि रहेका छन् ।
FACEBOOK COMMENTS