काठमाडौं । नेपालमा एलभीनेङ्ग स्कुटरको आधिकारिक विक्रेता ईभी मोटर्स नेपालले एक्सचेञ्ज मेला आयोजना गरेको छ ।
उक्त मेलाबाट आफ्नो पुरानो भएको मोटरसाइकल एक्सचेञ्ज गरी नयाँ लैजान सकिने कम्पनीले जनाएको छ । हरेक शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने उक्त मेलामा पुरानो मोटरसाइकलको उचित मूल्याङ्कन गरी न्यूनतम १५ हजार रुपैयाँसम्म दिइने छ ।
आफ्नो पुरानो मोटरसाइकल एक्सचेञ्ज गरी नयाँ एलभीनेङ्ग ईची स्कुटर खरी दगर्न सकिने कम्पनीले जनाएको छ । यसरी नयाँ स्कुटर खरीद गर्दा ३५ हजार रुपैयाँसम्मको छूट ग्राहकले पाउने कम्पनीको भनाइ छ ।
एलभीनेङ्ग ईभी नेपालमा उपलब्ध विद्युतीय स्कुटरहरूमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको कम्पनीको दाबी छ । यो स्कुटरमा एलजी वा सामसङको लिथियम ब्याट्री जडान गरिएको छ भने जर्मनीको कोस्च मोटर रहेको बताइएको छ ।
यो स्कुटर चढ्ने जोकोहीले पेट्रोलबाट चल्ने दुईपाङ्ग्रेको तुलनामा वार्षिक ९३ हजार रुपैयाँ बचाउन सक्ने कम्पनीको भनाइ छ । ईभी मोटर्स नेपालले आयोजना गरेको यो मेलामा सहभागी हुनेले फ्री वासिङ तथा सर्भिसिङको अवसर प्राप्त गर्नाका साथै रमाइला गेम खेलेर रमाउन समेत सकिने छ ।
FACEBOOK COMMENTS