काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध युवराज सफलले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । गर्भनर अधिकारीलाई पदबाट बर्खास्ट गर्न माग गर्दै भ्रष्टाचारविरोधी अभियन्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
उनले महाप्रसाद अधिकारी गभर्नर हुन योग्य नभएको हुँदा तत्काल पदबाट बर्खास्त गरी हालसम्म उनले खाइपाई आएको सम्पूर्ण तलब सुविधा तथा वैदेशिक भ्रमण बापत उपभोग गरेको सम्पूर्ण रकम फिर्ता गर्न लगाइपाउँ भनी परमादेशको माग गरेका छन् ।
सफलले राष्ट्र बैंक ऐन २०५८ को दफा २० बमोजिम योग्यता नभएको भन्ने प्रश्न उठाई सर्वोच्चमा पहिल्यै मुद्दा परेको कुरा समेत रिटमा उल्लेख गरेका छन् । यसअघि पुस १२ गते कानुन व्यवसायीहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिमल्सिना र चूडामणि भण्डारीले गर्भनर अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै रिट दायर गरेको थियो ।
तर उक्त रिटको प्रारम्भिक सुनुवाई भए पनि पूर्ण सुनुवाई हुन सकेको छैन ।
अधिवक्ता जोशीका अनुसार आगामी फागुन ८ गते सर्वोच्चले तारेख तोकेको छ । उक्त मुद्दाको पूर्ण सुनुवाई लगातार दुईपल्ट सरिसकेको छ ।
सफलले दायर गरेको रिट
FACEBOOK COMMENTS