रुपन्देही । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिबार बुटवल जाने भएका छन् । अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण एवम् प्रदेश र जिल्ला कमिटी कार्यालय उद्घाटन नेकपा एकीकृत समाजवादी रुपन्देहीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल बुटवल जाने भएका हुन् ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण एवम् प्रदेश र जिल्ला कमिटी कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शनिबार विहान ११ बजे बुटववल ८ सुख्खानगरस्थित लुम्बिनी प्रदेश र रुपन्देही पार्टी कार्यालय उद्घाटन गर्ने र त्यसलगत्तै योगिकुटीस्थित होटल पौवामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शुरु गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले केपि ओलीको स्वेच्छाचारी र निरकुंश कार्यशैलीका कारण विद्रोह गरेर पार्टी पुर्नगठनमा लाग्नुपरेको बताएका छन् ।
FACEBOOK COMMENTS