काठमाडौं– म्याककफीको आधिकारिक आयातकर्ता आर्क्स ग्रुपले ‘म्याककफी उपहार धमाका २०८०’को विजेता घोषणा गरेको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लक्की ड्र मार्फत विजेताको औपचारिक घोषणा गरिएको हो । विजेताको औपचारिक घोषणा वरिष्ठ फोटोग्राफर राजभाई लक्की ड्रमार्फत गरेका थिए ।
म्याककफी उपहार धमाकामा अपेक्षा गरिएभन्दा बढी उपभोक्ता तथा विक्रेताले सहभागिता जनाएको मार्केटिंग डाइरेक्टर गोपालकृष्ण श्रेष्ठ बताए । उनले भने ‘नेपाली बजारमा म्याककफीको लोकप्रियतालाई ध्यानमा राखी यसको बजार विस्तारमा जोड दिनका लागि हामीले यो अभियान सञ्चालन गरेका हौँ।’
श्रेष्ठका अनुसार तीनजनालाई मोटरसाइकल र थप एक सय जनालाई टर्किश रग विजेताको घोषणा गरिएको छ ।
FACEBOOK COMMENTS