काठमाडौं । २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ ।
नोबेल शान्ति पुरस्कार पाएपछि मचाडोले पुरस्कार भेनेजुएलाका जनता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्पित गरेकी छन् ।
उनले भनेकी छन् ।
’सबै भेनेजुएलालीहरूको संघर्षको यो मान्यताले हामीलाई स्वतन्त्रता प्राप्त गर्ने हाम्रो कार्य पूरा गर्न प्रोत्साहित गर्नेछ ।
आज, पहिलेभन्दा बढी, हामी विजयको संघारमा छौं । हामी राष्ट्रपति ट्रम्प, अमेरिकाका जनता, ल्याटिन अमेरिकाका जनता र विश्वका प्रजातान्त्रिक देशहरूलाई स्वतन्त्रता र लोकतन्त्र प्राप्तिमा हाम्रा प्रमुख सहयोगीहरूको रूपमा भरोसा गर्छौं ।’
मचाडोले अगाडी भनेकी छन्– ’म यो पुरस्कार भेनेजुएलाका उत्पीडित जनता र हाम्रो उद्देश्यको निर्णायक समर्थनको लागि राष्ट्रपति ट्रम्पलाई समर्पित गर्छु ।’ मचाडोको यो पोस्ट ह्वाइट हाउसले पनि पुन: पोस्ट गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नोबेल पुरस्कार पाएपछि मचाडोले आफुलाई फोन गरेको र यो पुरस्कार जित आफु बढी योग्य भएको बताएको उल्लेख गर्दै पुरस्कार आफुलाई समर्पित गरेको बताएका छन् ।
ट्रम्पले मजाक गर्दै आफुले पुरस्कार मलाई देउ भनेर नभनेको बताए । ट्रम्पले आफुले लाखौको ज्यान बचाएकोमा आफु खुशी रहेको बताएका छन् ।
FACEBOOK COMMENTS