काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले मेगा मार्ट प्रालि (बिग मार्ट) मा छुट पाउनेछन् ।
देशभर रहेका बिग मार्टका आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकले उपल्बध गराएका विभिन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आकर्षक सुविधा तथा छुट पाउनेछन् ।
बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २०० सम्मको क्यासब्याक प्रदान गर्नेछ ।
माछापुच्छ्रे बैंकले देशभर रहेका ३ सयभन्दा बढी विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दैआएको छ ।
यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संध संस्थाहरुलाई व्यापार प्रवर्द्धनमा सघाउ पुग्दै आएको छ । साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, २०० एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS