काठमाडौं । माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा राज अर्याल बढुवा भएका छन् ।
असार २७ गते बसेको बैंक सञ्चालक समिति बैठकले साउन १ गतेदेखि लागु हुने गरी अर्याललाई डीसीईओमा नियुक्त गरेको छ । साउन १ देखि लागू हुने गरी सुभाष जमरकटेल बैंकको नायब महाप्रबन्धक (डीजीएम) पदमा बढुवा भएका छन् ।
काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहेका छन् ।
यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गरेका जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध थिए । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन् ।
उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् । यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् ।
FACEBOOK COMMENTS