काठमाडौं । माछापुच्छ्रे बैंकले बार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गर्न सभा बोलाएको जनाएको हो ।
बैंकले असोज १० गतेका लागि २७औँ वार्षिक साधारणसभा बोलाएको हो । सभा होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा हुनेछ । सभा बिहान ११ बजे सुरु हुनेछ। बैंकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र करसहित ४ प्रतिशत नगद लाभांश पारित गर्ने छ । सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
सभामा प्रतिसेयर १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु पारित गर्ने जनाएको छ ।
सभा बोलाएको बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ । भदौ २६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS