काठमाडौं । माछापुच्छ्रे बैंकले असोज १८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले गत आवको नाफा सेयरधनीलाई दिने लाभांश प्रस्ताव पेश गर्ने छ । उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।
बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ । सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गरेको छ । असोज ७ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS